सेयर बजारमा होटल समूह चम्कियो, ३२ प्रतिशत घट्यो कारोबार


  • Himalayan Bank Limited (HBL)
सेयर बजारमा होटल समूह चम्कियो, ३२ प्रतिशत घट्यो कारोबार

९ माघ, काठमाडौं । मंगलबार सेयर बजार झिनो अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा ०.४० अंक घटेर बजार परिसूचक नेप्से २०९८.२९ अंकमा कायम भएको छ । कारोबार सुरु भएको १५ मिनेटमै नेप्से २११२ अंकसम्म पुगेको थियो । त्यसपछि बजार बन्द हुँदासम्म सामान्य उतारचढाव रह्यो ।

मंगलबारसहित लगातार पाँचौ दिन बजार झरेको हो । यद्यपि यस दिन बजारको गिरावट झिनो अंकमा सीमित भएको छ । कारोबार रकममा भने ३२ प्रतिशतको गिरावट देखिएको छ । अघिल्लो दिन ६ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब २९ करोडमा खुम्चियो ।

Read More