सञ्चालनमा रहेका २० मध्ये १६ वाणिज्य बैंकले माघको लागि आधार दर सार्वजनिक गरिसकेका छन्। १६ मध्ये १४ वटा बैंकको यस्तो आधार दर घटेको छ भने दुई बैंकको बढेको छ।
नबिल बैंक र एनएमबी बैंकको आधार दर सामान्य बढेको छ। नबिल बैंकको पुसको लागि निकालिएको औसत आधार ९.०५ प्रतिशत रहेकोमा माघको लागि ९.०७ प्रतिशत तोकिएको हो। त्यस्तै, एनएमबी बैंकको पुसको औसत आधार ९.९ प्रतिशत रहेकोमा माघको लागि ९.९५ प्रतिशत तोकिएको हो।



