भारत बन्यो विश्वको चौथो ठूलो शेयर बजार


  • Himalayan Bank Limited (HBL)
भारत बन्यो विश्वको चौथो ठूलो शेयर बजार

भारतीय शेयर बजार अब विश्वको चौथो ठूलो शेयर बजार बनेको छ। भारतले हंगकंगलाई पछि पार्दै सो स्थानमा पुगेको हो।

ब्लुमबर्गको तथ्यांक अनुसार, हंगकंगको बजार पूँजीकरण ४.२९ ट्रिलियन छ जबकी भारतको बजार पूँजीकरण ४.३३ ट्रिलियन डलर पुगेको छ।

अहिले विश्वको सबैभन्दा ठूलो शेयर बजार अमेरिका हो। अमेरिकाको शेयर बजारको मार्केट क्याप ५०.८६ ट्रिलियन डलर रहेको छ। त्यस्तै, ८.४४ ट्रिलियन पूँजीकरणसहित चीन दोस्रो स्थानमा छ भने ६.३६ ट्रिलियन भएको जापान तेस्रो स्थानमा छ।

हंगकंगको हांगसेंग निरन्तर चौथो वर्ष र चीनको सांघाई स्टक एक्सचेञ्जमा निरन्तर दोस्रो वर्ष घटिरहेको बेलामा भारतीय शेयर बजार नयाँ उचाई बनाइरहेको छ।

चुनाव पहिलेको बलियो सेन्टिमेन्ट, व्यापक आर्थिक स्थितिहरुमा सुधार र ब्याजदरमा कटौती हुने अपेक्षामा भारतिय शेयर बजार तिव्र गतिमा बढीरहेको हो।

Read More