क्रिप्टो करेन्सीको कारोबारी विरुद्द मुद्दा दर्ता, २ खर्ब ८६ अर्ब विगो माग


  • Himalayan Bank Limited (HBL)
क्रिप्टो करेन्सीको कारोबारी विरुद्द मुद्दा दर्ता, २ खर्ब ८६ अर्ब विगो माग

क्रिप्टो करेन्सीको कारोबारमा संलग्न १७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पेश गरेको प्रतिवेदनको आधारमा राष्ट्र बैंक ऐन २०५८ र संगठित अपराधको कसूरमा १७ जना विरुद्द मुद्दा दर्ता भएको हो । 

ब्यूरोले मंसिर ६ गते व्यवसायी रुपेश श्रेष्ठलाई हुण्डी र अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा ठूलो हुण्डी र क्रिप्टोकरेन्सी कारोबारीको समूह फेला परेको थियो । यसमा व्यवसायी विमल पोद्दारसमेत संलग्न रहेको खुलेको हो । पोद्दारले रुपेशसँग मिलेर क्रिप्टो कारोबार गरेको भेटिएको छ । उनको कालिकास्थानमा सिल्भरसिटी अपार्टमेन्ट छ ।

Read More