काठमाडौं : समग्रमा मुलुकमा आर्थिक मन्दीको प्रभाव अन्ततः बैंक तथा वित्तीय संस्थामा परेको छ। वाणिज्य बैंक होस् वा विकास बैंक सबैको कारोबारमा चुस्तता नआउँदा, प्रवाह भएका कर्जाको सावाँ तथा ब्याज नउठ्दा खराब कर्जाको आकार बढ्यो जस्ले गर्दा नाफा पनि गत वर्षको भन्दा कम भएको छ।
अझ चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार विकास बैंकको सबालमा १५ ओटामध्ये दुई वटा बैंकको नाफा ऋणात्मक छ। विकास बैंकले चालू आर्थिक वर्ष (आव) २०८०÷०८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार १५ विकास बैंकको कुल नाफा वृद्धिदर वार्षिक १६.९९ प्रतिशतले घटेको छ।



