रेमिटेन्स बढ्नु खुसी कि दुःखी ?


  • Himalayan Bank Limited (HBL)
रेमिटेन्स बढ्नु खुसी कि दुःखी ?

नेपाल राष्ट्र बैंकले भर्खरै सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ नामक प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८०-८१ को पाँच महिनामा रेमिटेन्स २७.६ प्रतिशतले बढेर ६ खर्ब १३ अर्ब २५ करोड ३५ लाख रुपैयाँ पुगेछ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रेमिटेन्स २३ प्रतिशतले बढेर ४ खर्ब ८० अर्ब ५० करोड ६० लाख पुगेको थियो ।
रेमिटेन्सको औसत आँकडा हेर्दा हरेक वर्ष रेमिटेन्स बढिरहेकै देखिन्छ । नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगसँगै रेमिटेन्स पनि बढिरहेको आँकडा छ । यद्यपि पछिल्लो समय रोजगारीका लागि बिदेसिने नेपाली कामदार बढेको अनुपातमा रेमिटेन्स नबढेको चर्चा हुने गरेको छ । औपचारिकभन्दा अनौपचारिक माध्यम (हुन्डी) बाट रकम आउने गरेकाले रेमिटेन्स अपेक्षित रूपमा नबढेको विश्लेषण भइरहेको छ ।

Read More