गभर्नरको योग्यता विवादमा आज सर्वोच्चमा सुनुवाई, १८ औं नम्बरमा पेशी


  • Himalayan Bank Limited (HBL)
गभर्नरको योग्यता विवादमा आज सर्वोच्चमा सुनुवाई, १८ औं नम्बरमा पेशी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउदै उनी विरुद्द सर्वोच्च अदालतमा दायर भएको रिटमा आज मंगलबार सुनुवाई हुँदै छ । आज  न्यायाधीश प्रकाश कुमार ढुंगाना र न्यायधीश बालकृष्ण ढकालको संयुक्त इजलाशमा उक्त रिटको पेशी तोकिएको छ ।

यस रिटको पेशी सो इजलाशको १८ औ नम्बरमा परेकोले मुद्दामा सुनुवाईको पालो आउँछ वा आउदैन भन्ने प्रष्ट छैन ।

यस अघि पुस १३ गते न्यायधीश शुष्मालता माथेमाको एकल इजलाशले यस मुद्दामा विपक्षीहरुसँग लिखित जवाफ माग्ने आदेश दिएको थियो । त्यस पछि आज संयुक्त इजलाशमा सुनुवाई हुन लागेको हो । 

Read More