कर्जा ‘रिकभरी’ दबाबमा विकास बैंक, ब्याज आम्दानी घट्दा निष्क्रिय कर्जा बढ्यो


  • Himalayan Bank Limited (HBL)
कर्जा ‘रिकभरी’ दबाबमा विकास बैंक, ब्याज आम्दानी घट्दा निष्क्रिय कर्जा बढ्यो

९ माघ, काठमाडौं । कर्जा ‘रिकभरी’ दबाब विकास बैंकहरूको वित्तीय विवरणमा देखिएको छ । हाल सञ्चालनमा रहेका राष्ट्रियस्तरका आठ विकास बैंकमध्ये तीनले सञ्चित नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गरेका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा अधिकांश वाणिज्य बैंकको नाफा घट्दा विकास बैंकको नाफा भने गिरावट आएको छ ।

विकास बैंकले चालु आव पहिलो ६ महिनामा २ अर्ब २५ करोड ४२ लाख रुपैयाँ नाफा कमाएका छन् । तर, यो गत आव सोही अवधिको दाँजोमा १०.९९ प्रतिशत कम हो ।त्यस्तै खुद ब्याज आम्दानी संकुचन भएको र सम्भावित कर्जा नोक्सानीको लागि गरिएको ‘प्रोभिजनिङ’ घट्दा बैंकहरूको नाफामा गिरावट आएको हो ।

Read More