एक महिनामै एक अर्बको बीमा पोलिसी ‘सरेन्डर’


  • Himalayan Bank Limited (HBL)
एक महिनामै एक अर्बको बीमा पोलिसी ‘सरेन्डर’

काठमाडौं । एक महिनामै एक अर्ब रुपैयाँ भन्दा बढीको बीमा पोलिसी ‘सरेन्डर’ भएको छ । गत मंसिर महिनामा एक अर्ब ८ करोड ७० लाख ९५ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको हो ।   

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक हेर्ने हो भने उक्त रकम ९ हजार ७४४ जना बीमितले सरेन्डर मार्फत फिर्ता लगेका हुन् । गत मंसिर महिनामा सबैभन्दा बढी बीमा पोलिसी सरेन्डर गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरु रहेका छन् । यस कम्पनीका २ हजार ४२५ बीमितले ३६ करोड ३५ लाख १० हजार रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् ।  

Read More