आधा प्रतिशत जनसंख्या मोवाइल इन्टरनेट प्रयोगकर्ता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आधा प्रतिशत जनसंख्या मोवाइल इन्टरनेट प्रयोगकर्ता

कुल जनसङ्ख्यामध्ये आधाले मोबाइलबाट इन्टरनेट चलाउने गरेका छन्, त्यो पनि ब्रोडब्यान्ड । यसै वर्षको वैशाखसम्मको नेपाल दूरसञ्चार प्राधिकरणको मासिक प्रतिवेदनअनुसार देशभर एक करोड ५७ लाख ९५ हजारले मोबाइलबाट थ्रीजी र फोरजी प्रयोग गर्ने पाइएको हो । केन्द्रीय तथ्याङ्क विभागले गरेको कुल दुई करोड ९५ लाख बराबरको नेपालको जनसङ्ख्याको प्रक्षेपणका आधारमा प्राधिकरणले यो तथ्याङ्क तयार पारेको हो । 

कुल जनसङ्ख्याका आधारमा मोबाइल ब्रोडब्यान्डको पहुँचमा रहेको सङ्ख्या करिब आधा हो । प्राधिकरणले थ्रीजीस्तरको इन्टरनेट सुविधालाई ब्रोडब्यान्ड मान्ने गरेको छ, जसको ग्रामीण क्षेत्रमा न्यूनतम गति ५१२ केबीपीएस निर्धारण गरिएको छ ।

नेपालमा अहिले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले मोबाइलमार्फत इन्टरनेट सुविधा उपलब्ध गराइरहेका छन् । त्यसमध्ये स्मार्ट टेलिकमले फोरजी सेवा मात्र उपलब्ध गराएको छ । मोबाइल इन्टरनेट प्रयोगकर्तामध्ये अधिकांश थ्रीजी प्रयोगकर्ता छन् जसको सङ्ख्या एक करोड नौ लाख हाराहारी छ । सेवा प्रदायकको हिसाबले नेपाल टेलिकमका ६८ लाख ३९ हजार थ्रीजी प्रयोगकर्ता छन् भने एनसेलका ४० लाख ६६ हजार ।

टेलिकमका प्रयोगकर्ता धेरै
कुल मोबाइल इन्टरनेट प्रयोगकर्तामध्ये नेपाल टेलिकमको मोबाइल इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या सबैभन्दा धेरै देखिएको छ । प्राधिकरणको उक्त प्रतिवेदनअनुसार टेलिकमका कुल ८८ लाख ७८ हजारले मोबाइलबाट इन्टरनेट चलाउँछन् । यो सङ्ख्यामा इभीडीओ प्रयोगकर्तासमेत समेटिएको छ । जसको सङ्ख्या एक लाख ३६ हजार छ । त्यस्तै थ्रीजी र फोरजी गरेर एनसेलका कुल मोबाइल इन्टरनेट प्रयोगकर्ता ६७ लाख ४१ हजार पुगेको छ । स्मार्टको भने फोरजी प्रयोगकर्ता मात्र छन् जसको सङ्ख्या एक लाख ७४ हजार मात्र छ ।

फोरजीमा एनसेल अगाडि

Read More
  • MBL - below news