२० गुणा बढ्यो सिमेन्ट निर्यात, भारतमा कसरी हुँदैछ बजार विस्तार?


  • Himalayan Bank Limited (HBL)
२० गुणा बढ्यो सिमेन्ट निर्यात, भारतमा कसरी हुँदैछ बजार विस्तार?

चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिना (साउनदेखि पुस) सम्म नेपालबाट एक अर्ब ७६ करोड रूपैयाँको सिमेन्ट र क्लिंकर निर्यात भएको छ।

यो अवधिमा मुलुकको समग्र निर्यात ७ प्रतिशतले घटेको छ। तर विशेष गरी सिमेन्ट र आइरन स्टीलको निर्यातकै कारण समग्र निर्यात धेरै नखस्किएको भन्सार विभागका अधिकारीहरू बताउँछन्। मुलुकबाट हुने समग्र निर्यातमा सिमेन्ट र क्लिंकर (अर्धतयारी सिमेन्ट) को योगदान २.३४ प्रतिशत छ।

२०७९/८० को साउनदेखि पुससम्म भएको निर्यातको तुलनामा यो वर्ष सिमेन्ट तथा क्लिंकर निर्यात २० गुणाले बढेको छ। गत वर्ष यो अवधिमा आठ करोड ७२ लाख रूपैयाँको निर्यात भएको थियो। गत आर्थिक वर्षभरिमा ७७ करोड रूपैयाँको मात्र निर्यात भएको थियो।

Read More