काठमाडौँको बूढानिलकण्ठमा पाँच तारे होटल ‘बूढानीलकण्ठ हेरिटेज’ सञ्चालनमा आएको छ । माघ १ गते ‘सफ्ट लञ्च’ भएको यो होटलको व्यवस्थापन भारतीय पायोनियर ब्राण्ड ‘लेमन ट्री प्रिमियर’ले सम्हालेको छ । ‘बूढानीलकण्ठ हेरिटेज’को व्यवस्थापन सम्हाल्दै ‘लेमन ट्री प्रिमियर’ले पनि नेपालमा पहिलो पटक आफ्नो उपस्थिति जनाएको छ । बूढानीलकण्ठ हेरिटेजले होटल व्यवस्थापनका लागि लेमन ट्री प्रिमीयरसँग १५ वर्षको सम्झौता गरेको छ ।
बूढानीलकण्ठ हेरिटेज साढे ३ वर्षमा निर्माण सम्पन्न भएको हो । निर्माण घोषणा भएको साढे ४ वर्ष भए पनि काम सुरु भएको साढे ३ वर्षमै होटलको निर्माण सम्पन्न भएको हो । अहिले पनि केही केही मसिना काम बाँकी छन् । यी सबै काम सकेर अबको १ महिनाभित्र ‘ग्राण्ड ओपनिङ’ गर्ने तयारी रहेको होटलका प्रबन्ध सञ्चालक बाबुकाजी कार्की बताउँछन् । उनका अनुसार हालसम्म होटलको कुल लगानी २५० करोड पुगेको छ ।


