अपर तामाकोशी हाइड्रोपावरको लिलामी प्रक्रिया मार्फत बिक्री गरिएको सेयरको बोलपत्र खोल्ने प्रक्रिया आजलाई रोकिएको छ।
काठमाडौंको कमलपोखरीस्थित लक्ष्मी सनराइज क्यापिटलको कार्यालयको खाली कार्यालय परिसर खाली ठाउँ पाल हालेर गरिएको लिलामी रोकिनुको मुख्य कारण आजलाई समय अभाव भनिएको छ। कार्यालय परिसरमा साँझ परेपछि माघको चिसो हावा चल्न थालेपछि क्यापिटलले लिलामीको सेयर खोल्न भोलिलाई स्थगित गरेको हो।



