बजेट खर्चमा सुस्त कर्णाली प्रदेश


  • Himalayan Bank Limited (HBL)
बजेट खर्चमा सुस्त कर्णाली प्रदेश

वीरेन्द्रनगर — चालु आर्थिक वर्षका ६ महिना बितिसक्दा कर्णाली प्रदेश सरकारको बजेट १३ प्रतिशत मात्रै खर्च भएको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार अहिलेसम्म कर्णाली सरकारले ४ अर्ब ३८ करोड ३३ लाख मात्र खर्च गरेको हो । पुस मसान्तसम्म चालुतर्फ २१ प्रतिशत बजेट खर्च भएको छ भने पुँजीगततर्फ ७ प्रतिशतमात्रै खर्च भएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख रुयैँयाको बजेट विनियोजन गरेको थियो । गएको मंसिर महिनासम्म ९ प्रतिशत बजेट खर्च भएको थियो । मंसिर महिनामा चालुतर्फ १६ प्रतिशत बजेट खर्च गरेको कर्णाली सरकारले पुँजीगत तर्फ ४ प्रतिशत बजेट खर्च गरेको थियो ।

Read More