सेयर बजारमा २५ अंकको गिरावट, ११ उपसमूहको सूचक नकारात्मक


  • Himalayan Bank Limited (HBL)
सेयर बजारमा २५ अंकको गिरावट, ११ उपसमूहको सूचक नकारात्मक

काठमाडौं : साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।  नेप्से परिसूचक २५.६३ अंकले  घटेर २१३०.१८ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स १.८८ प्रतिशतले घटेको छ।

आज ३०८ स्क्रिप्सको  २ करोड  २८ लाख २० हजार २७९ कित्ता सेयर ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले ओरालो लागेको बजारमा आँखु खोला जलविद्युत,समाज लघुवित्त वित्तीय,हिमालयन लघुवित्त,मिड सोलु हाइड्रोपावर र शिव श्री हाइड्रोपावर कमाउने शीर्ष पाँचभित्र परे।

Read More