यस आर्थिक वर्षको पहिलो ६ महिनामा आयात निर्यातमा गिरावट आएको छ । अघिल्लो वर्ष यसै समयसम्मको तथ्यांक हेर्दा आयात ३.०९ प्रतिशतले तथा निर्यात ७.२३ प्रतिशतले घटेको हो ।
यस आवको मध्य पुससम्म सात खर्ब ६८ अर्ब १६ करोड रुपैयाँ बराबरको आयात भएकोमा अघिल्लो वर्ष यसै अवधिसम्म सात खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँ बराबरको आयात भएको थियो । यसैगरी निर्याततर्फ यस आवको मध्य पुससम्म ७४ अर्ब ९६ करोड ८० लाख रुपैयाँ बराबरको निर्यात भएकोमा अघिल्लो वर्ष यसै अवधिसम्म ८० अर्ब ८० करोड ७४ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।



