काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतले मंसिर १५ यता बारम्बार ‘देशको अर्थतन्त्र सुध्रेको र बजार चलायमान हुन थालेको’ दाबी गरिरहेका छन् । माघ १ अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा सामान्य कार्यक्रम उद्घाटन गर्न पुगेका बेला पनि प्रधानमन्त्री दाहालले यस्तै दाबी गरेका थिए ।
दाहालले भनेका थिए, ‘मेरो पछिल्लो कार्यकालमा अर्थतन्त्र डुब्यो भन्ने आतंक फैलाइएको थियो । अहिले त्यसबाट मुक्त भइएको छ । अर्थतन्त्रको सूचकांकमा उल्लेख्य सुधार आएको छ...बन्द भएको उद्योग सञ्चालन हुन थालेको छ ।’



