एजेन्सी । विश्वलाई तरंगित बनाउनेगरी यो साता ईरानले तीन छिमेकीविरुद्ध एकाएक ‘थ्री फ्रन्ट वार’ शैलीमा हमला गर्यो । जनवरी १६ शुरु भएपछि २४ घण्टाभित्रै इरानले छिमेकी देशहरू इराक, सिरिया र पाकिस्तानमा हमला गरेको थियो ।
बदलामा पाकिस्तानले पनि इरानको सिसान–बलुचिस्तान प्रान्तमा मिसाइल हमला गरेको छ । यी मुलुकले गरेको पछिल्लो मिसाइल हमलाहरूमा कम्तिमा दुई दर्जन सर्वसाधारणको ज्यान गएको भनिएको छ ।
इरानले छिमेकीहरूमाथि मिसाइल बर्साएको दुई दिनअघि मात्रै जयशंकर इरान पुगेका थिए । झण्डै आधा शताब्दीदेखि दुश्मनी साँधिरहेको इरान समर्थित यमनका हुथी विद्रोहीले स्वेज नहर तरेर भूमध्यसागर र लालसागर आवतजावत गर्ने इजरायली पानीजहाजलाई निशाना बनाइरहेका थिए । भारतीय तेल ढुवानी ट्यांकर समेत हुथी विद्रोहीको आक्रमणमा परेको थियो ।



