भारतीय शेयर बजारमा उछाल, एशियाली शेयरमा पनि बढाेत्तरी


  • Himalayan Bank Limited (HBL)
भारतीय शेयर बजारमा उछाल, एशियाली शेयरमा पनि बढाेत्तरी

आज साताको अन्तिम कारोबार दिन, भारतीय शेयर बजारमा उछाल देखिएको छ । आज काराेबारकाे सुरूवातमा  सेन्सेक्स करिब ६०० अंकले बढेर ७१,८०० विन्दुमा पुगेकाे थियाे । 

शुक्रबार निफ्टीमा पनि १८५ अंकको वृद्धि भएर २१,६५०काे स्तरमा किनबेच भयाे। सेन्सेक्सका ३० वटा मध्ये २९ वटा बढेको छ भने १ वटा घटेको छ । यतिबेला सबै क्षेत्रीय परिसूचकहरू तीव्र गतिमा कारोबार गरिरहेका छन्।

याे समाचार तयार पार्दासम्म सेन्सेक्स ७१,७८७ विन्दुमा कारोबार भइरहेको छ। यसैगरी, निफ्टी २१,६१३ विन्दुमा पुगेकाे छ ।

हिजो पनि भारतीय शेयर बजारमा गिरावट

यसअघि हिजो पनि भारतकाे शेयर बजारमा गिरावट देखिएकाे थियाे । लगातार तेस्रो दिन शेयर बजार घटेकाे थियो । सेन्सेक्सकाे ३१३ अंकले घटेर ७१,१८६ विन्दुमा बन्द भएकाे थियाे। योसँगै निफ्टी पनि १०९ अंकले घटेर २१,४६२ को स्तरमा बन्द भएकाे थियाे।

विश्व शेयर बजारकाे अवस्था

क्षेत्रीय चिपमेकरहरूको र्‍यालीले शुक्रबार एशियाली शेयरमा बढाेत्तरी देखिएकाे छ ।

ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङकाे ताइपेई-सूचीबद्ध शेयरहरू ५ प्रतिशतले बढेकाे छ ।२०२४ मा चिपमेकिंग कम्पनीले राजस्व वृद्धि २० प्रतिशतभन्दा धेरैले बढ्ने प्रक्षेपण गरेको थियो। यसको अमेरिकी शेयरहरू रातारात करिब १० प्रतिशतले बढ्दा वाल स्ट्रिटमा टेककाे वृद्धिलाई थप बल मिल्याे ।

Read More