राष्ट्रिय गौरवको आयोजना बुढी गण्डकी जलविद्युतमा अहिलेसम्म ४३ अर्ब खर्च भएको छ। गोरखा र धादिङ जिल्लाको सिमानामा रहेको १२ सय मेगावाटको आयोजनामा अहिलेसम्म ४३ अर्ब खर्च भएको हो।
शुक्रवार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले यो आयोजनालाई अगाडि बढाउन सरकारले आवश्यक कामहरू गरिरहेको बताए। आर्थिक वर्ष २०७९/८०को अन्तसम्म मुआब्जा वितरण र अध्ययनमा र अन्य खर्च समेत ४३ अर्ब रकम खर्च भइसेकेको उनको भनाइ छ।


