डिजिटल मुद्रा स्वतन्त्रताका लागि ठूलो खतरा भएको ट्रम्पको दाबी, पुनः राष्ट्रपति चुनिए डिजिटल डलर निर्माण गर्न नदिने वाचा


  • Himalayan Bank Limited (HBL)
डिजिटल मुद्रा स्वतन्त्रताका लागि ठूलो खतरा भएको ट्रम्पको दाबी, पुनः राष्ट्रपति चुनिए डिजिटल डलर निर्माण गर्न नदिने वाचा

काठमाडौं : पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार डिजिटल डलर निर्माण गर्न नदिने वाचा गरेका छन् । डिजिटल डलर नागरिक स्वतन्त्रताका लागि ठूलो खतरा भएको बताउँदै ट्रम्पले आफू पुनः राष्ट्रपतिमा निर्वाचित भए यसको निर्माणमा रोक लगाउने वाचा गरेकोे अमेरिकी पत्रिका ‘द हिल’ ले लेखेको छ ।

न्यू ह्याम्पसायरको पोर्ट्समाउथमा आयोजित एक र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘म अमेरिकीहरुलाई सरकारी अत्याचारबाट बचाउन आज अर्को वाचा गर्दैछु ।’ उनले भने, ‘तपाईंको राष्ट्रिपतिको हैसियतमा म केन्द्रीय बैंकलाई डिजिटल मुद्रा बनाउन कहिल्यै अनुमति दिने छैन ।’ डिजिटल मुद्रामार्फत संघीय सरकारले नागरिकहरुको पैसामाथि पूर्ण नियन्त्रण राख्ने भएकाले यो स्वतन्त्रताका लागि ठूलो खतरा भएको ट्रम्पको भनाई छ । 

Read More