रेलको आम्दानी ८१ लाख, खर्च १ करोड २९ लाख


  • Himalayan Bank Limited (HBL)
रेलको आम्दानी ८१ लाख, खर्च १ करोड २९ लाख

जनकपुरधाम : मुलुकको एक मात्र रेल सेवाबाट महिनाको आम्दानी हुन्छ– ८१ लाख रुपैयाँ। तर, खर्च भने दोब्बर बढी छ। अर्थात् महिनाकै १ करोड २९ लाख बढी खर्च हुन्छ। त्यसैकारण रेल सेवा मासिक घाटामा गइरहेको छ। सरकारले सहयोग गरे चल्ने, नभए थला पर्ने अवस्थामा पुगेको छ। 

विज्ञहरू रेल सेवा घाटामा जानुका प्रमुख चार कारण बताउँछन्। पहिलो, रेल सञ्चालन गर्ने आफ्नै कर्मचारी नहुनु। अर्थात् भारतीय कर्मचारीलाई महँगो पारिश्रमिक तिर्नु परिरहेकाले पनि रेल सेवा घाटामा गएको हो। दोस्रो कारण हो– मालवाहक रेल सेवा नहुनु। यात्री सेवाबाट मात्रै आम्दानी नहुने भएकाले मालवाहक रेल सेवा सञ्चालन गर्नुपर्ने विज्ञहरू बताउँछन्। तेस्रो कारण हो– मर्मतसम्भार, फ्युल र वासिङ सेन्टर आफ्नो नहुनु। यी कामका लागि पनि छिमेकी भारतमै गएर सेवा लिनुपर्छ। चौथो कारण हो– रेल्वे कम्पनीसँग व्यावसायिक योजना नहुनु। अर्थात् रेललाई कसरी आत्मनिर्भर बनाउने भन्ने व्यावसायिक योजनाको अभाव देखिन्छ। रेल सेवा सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेड स्थापना गरिएको हो। 

Read More