सुदूरपश्चिम लगानी सम्मेलनलाई ५५ आयोजनाको सूची


  • Himalayan Bank Limited (HBL)
सुदूरपश्चिम लगानी सम्मेलनलाई ५५ आयोजनाको सूची

धनगढी– ‘प्रदेश लगानी तथा विकास सम्मेलन’ को तयारीमा जुटेको सुदूरपश्चिम प्रदेश सरकारले त्यसका लागि ५५ आयोजनाको सूची तयार गरेको छ ।

आगामी फागुन २३ र २४ मा धनगढीमा लगानी सम्मेलन हुँदैछ । सम्मेलन मूल आयोजक समितिले आयोजना सूचीकरण गरेको हो । मुख्यमन्त्री कमलबहादुर शाह संयोजकत्वमा रहेको समितिले लगानीकर्ता, परामर्शदाता तथा विज्ञसँगको छलफलबाट ती आयोजनाको सूची बनाएको हो ।

समितिका कार्यकारी सदस्य नृपबहादुर सुनारले सम्मेलनमा राखिने आयोजनाको सूची परिष्कृत बनाउन विस्तृत विवरण तयार गरिरहेको जानकारी दिए । लगानीकर्ता, सम्बन्धित निकाय, परामर्शदाता र विज्ञसँग छलफल गर्ने क्रम जारी रहेको उनले बताए ।
समितिले बनाएको सूचीअनुसार पर्यटन क्षेत्रका १२, उद्योग तथा खानीका १०, कृषिका १८, वन क्षेत्रका २, भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका ५, ऊर्जाका २, सूचना–प्रविधि क्षेत्रका ३ र शिक्षाका ३ आयोजना छन् ।

Read More