काठमाडौँ — न्यून मागको दबाब झेलिरहेको अर्थतन्त्रले गति लिन नसक्दा आयातसँगै निर्यात व्यापार पनि खुम्चिँदै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको व्यापार तथ्यांकले पनि अर्थतन्त्रले गति लिन नसकेको पुष्टि गर्छ ।
विभागको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ५ खर्ब १२ अर्ब रुपैयाँको आयात भएको छ । उक्त रकम आर्थिक वर्ष ०७९/८० को सोही अवधिको तुलनामा ३.७९ प्रतिशत कम हो । गत आर्थिक वर्षको ४ महिनामा ५ खर्ब ३२ अर्बको आयात भएको थियो ।


