काठमाडौँ । बचतकर्ताको करोडौँ रकम हिनामिना गरेर काठमाडौँको जनयोग तथा ऋण सहकारी संस्थाका अध्यक्ष अजुन कार्की सम्पर्कविहीन भएका छन् । काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलास्थित उक्त सहकारीका अध्यक्ष कार्की केही दिनदेखि सम्पर्कविहीन भएका हुन् । कार्कीसँगै सहकारीकी शाखा प्रमुख आस्था कार्की पनि सम्पर्कविहीन भएकी छिन् ।
बचतकर्ताका अनुसार सम्पर्कविहीन भएका सहकारीका अध्यक्ष अर्जुन कार्की र शाखा प्रमुख आस्था कार्की दाजुबहिनी हुन् । उनीहरुले काठमाडौँको बानेश्वरमा पनि सहकारीको सेवा केन्द्र खोलेको बचतकर्ताहरुले बताएका छन् ।



