काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्बाट सिफारिस एक अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरेका हुन् ।
राष्ट्रपित कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी गरेका हुन् ।


