रुकुमपश्चिमबाट नौ करोडको अदुवा बिक्री


  • Himalayan Bank Limited (HBL)
रुकुमपश्चिमबाट नौ करोडको अदुवा बिक्री

रुकुमपश्चिम : व्यावसायिक रूपमा अदुवाखेती गरेका रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीका नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट राम्रो आम्दानी भएको बताए। गत वर्षको भन्दा यस वर्ष अदुवाले दोब्बर मूल्य दिँदा बिक्रीबाट एक लाख रुपैयाँ आम्दानी भएको उनको भनाइ थियो। विगत २० वर्षदेखि अदुवाखेतीमा लागेका खड्काले निरन्तर अदुवाखेती गर्दै आएका छन्। 

यस वर्ष उत्पादन भएको तीन क्विन्टलभन्दा बढी अदुवा बीउका लागि र १२ क्विन्टल अदुवा प्रतिक्विन्टल चार हजारदेखि आठ हजार रुपैयाँका दरले बिक्री  गरेको खड्काले बताए। सोही ठाउँकै ५५ वर्षीय किसान हरिबहादुर खड्काले यस वर्ष अदुवा उत्पादनमा केही कमी भए पनि मूल्य भने राम्रो पाइएकामा भने खुसी भएको बताए। 

Read More