काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार प्रणाली फेरि ३ दिन बन्द रहने भएको छ । नेप्सेले आज एक सूचना जारी गर्दै नेप्सेको कारोबार प्रणाली फेरि ३ दिन बन्द रहने जनाएको हाे ।
नेप्से आज पुस ४ गते साँझ ५ बजेदेखि पुस ६ गते राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने सूचनामा उल्लेख गरिएकाे छ । दोस्रो चरणको विद्युत मर्मत तथा सम्भारसम्बन्धी कार्यका लागि नेप्सेको कारोबार प्रणाली बन्द गर्न लागिएको सूचनामा जानकारी गराइएको छ ।



