दोस्रो त्रैमासमा ओटिसि मार्केटमा रू. ६३ करोड ६५ लाख बराबरको शेयर कारोबार


  • Himalayan Bank Limited (HBL)
दोस्रो त्रैमासमा ओटिसि मार्केटमा रू. ६३ करोड ६५ लाख बराबरको शेयर कारोबार

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेप्सेको ओटीसी मार्केटमा रू. ६३ करोड ६५ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।
नेप्सेले बिहीवार जारी गरेको सूचनाअनुसार दोस्रो त्रैमासमा ओटीसी बजारमा विभिन्न २२ कम्पनीका कुल ६३ करोड ६५ लाख ७ हजार ३२८ दशमलव ८ रुपैयाँबराबरको शेयर कारोबार भएको छ । ती कम्पनीको कुल ५९ लाख ६७ हजार २२० कित्ता शेयर किनबेच भएका हुन । 

दोस्रो त्रैमासमा सबैभन्दा बढी नेपाल हस्पिट्यालिटी एन्ड होटेलको  २५ लाख ४४ हजार ५२० कित्ता शेयरको रू. २५ करोड ४४ लाख ५२ हजार  बराबरको कारोबार भएको छ । त्यस्तै काठमाडौं फरेस्टी कलेजको शेयर मूल्य सबैभन्दा महङ्गो प्रतिकित्ता रू. १ हजार ८५ दशमलव ५ मा कारोबार भएको छ । 

Read More