चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिनासम्ममा १ खर्ब ६२ अर्ब ५८ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । जसमध्ये १ खर्ब २८ अर्ब ३१ करोड आन्तरिक र ३४ अर्ब २७ करोड वाह्य ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यलयले जनाएको छ ।
यससँगै पौष मसान्तसम्म नेपालले तिर्न बाँकी रहेको ऋण २३ खर्ब ८० अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । जसमध्ये ११ खर्ब ९४ अर्ब १२ करोड आन्तरिक र ११ खर्ब ८६ अर्ब ४४ करोड वाह्य ऋण रहेको छ । यस्तो ऋण गत आर्थिक वर्षको अन्त्यसम्म २२ खर्ब ९५ अर्ब ४३ करोड रहेको थियो ।


