काठमाडौं : सेयर बजारमा बिहीबार सामान्य करेक्सन देखिएको छ । नेप्से सूचक ७.२४ विन्दुले घटेर २१५५.८२ अंकमा आएर अडिएको छ । ८ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ३ वटा समूहमा मात्र वृद्धि भएको छ । ५ कम्पनीको मूल्य ९ प्रतिशतदेखि माथि सर्किटल लेबलसम्म वृद्धि भएको छ ।
नेप्से अघिल्लो दिन बुधबार नेप्से इन्ट्रा डे कारोबारमा २२ सयमाथि पुगेको थियो । त्यसपछि बिक्रेता हावी हुँदा बजार पुनः २२ सयभन्दा तलै झरेर बन्द भएको थियो । यसैको निरन्तरतारुवरुपः बिहीबार बजारमा सामान्य करेक्सन भएको हो । बजारले २२ सयको मनोवैज्ञानिक रेखा तोड्नु अघि केही करेक्सनहरु स्वभाविक भएको जानकारहरु बताउँछन् ।



