बैंक तथा वित्तीय संस्थाको निक्षेप ६१ खर्ब नाघ्यो, पुसमा झण्डै १ खर्ब निक्षेप बढ्दा कर्जा कति गयो?


  • Himalayan Bank Limited (HBL)
बैंक तथा वित्तीय संस्थाको निक्षेप ६१ खर्ब नाघ्यो, पुसमा झण्डै १ खर्ब निक्षेप बढ्दा कर्जा कति गयो?

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६१ खर्ब माथि पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार गत पुस २७ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६१ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ।

सो निक्षेपमा वाणिज्य बैंकहरुको मात्रै निक्षेप ५४ अर्ब ७ अर्ब रुपैयाँ रहेको छ भने बाँकी ६ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप विकास बैंक र फाइनान्स कम्पनीको रहेको छ।

पछिल्लो समय बैंकहरुमा कर्जा लगानीको तुलनामा निक्षेप संकलन धेरै बढीरहेको छ। यसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिरहेको छ। पुस २७ गतेसम्ममा बैंकहरुको औसत सिडि रेशियो ८०.१४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

  • पुसमै बढ्यो करिब १ खर्ब निक्षेप, ६२ अर्ब कर्जा लगानी

मंसिर अन्तिमसम्ममा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप संकलन ६० खर्ब १६ अर्ब रुपैयाँ रहेको थियो। २७ गतेसम्मको तथ्याँकलाई आधार मान्दा पुसमा मात्रै बैंक तथा वित्तीय संस्थाको निक्षेप ८९ अर्ब रुपैयाँले बढेको छ।

मंसिर अन्तिमसम्ममा बैंकहरुले कुल ४९ खर्ब ९६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए। पुसमा कर्जा लगानी ६२ अर्ब रुपैयाँले बढेको छ।

Read More