काठमाडौं :यतिबेला बैंक तथा वित्तीय संस्थाहरू, बिमा कम्पनीलगायत दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदन तयारी र सार्वजनिकको पूर्वसन्ध्यामा छन्। यसैबीच सरकारले ती कम्पनीहरूबाट मर्जर, प्राप्तिबाट हुने लाभ (बार्गेन पर्चेज) र एफपीओको लाभबाट हुने लाभकरअन्तर्गत अर्बौं रुपैयाँ राजस्वबापत बुझाए। अब यसको प्रभाव ती कम्पनीले प्रदान गर्ने लाभांशमा पर्ने भएको छ।
यद्यपि बैंकको हकमा भने पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडिक्विसी रेसियो) ९ प्रतिशतभन्दा कम छ भने यो आर्थिक वर्षमा त्यस्ता संस्थाको लाभांश घट्ने बैंक विज्ञ भुवन दाहाल बताउछन्। किनभने मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन र एफपीओको प्रिमियममा सरकारले कर तिर्न भनेपछि बैंक तथा बिमा कम्पनीले अदालतमा दायर रिट मंसिर २८ गते खारेज भएसँगै करिब १४ अर्ब ६८ करोड २८ लाख ७० हजार रुपैयाँबराबर कर तिरेका छन्।



