काठमाडौं । समा पेपर्स एन्ड पब्किकेसन लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा माघ २२ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा छलफल गर्नेछ ।आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभाले सञ्चालककाे निर्वाचन गर्नेछ ।


_121411.jpeg&w=640&q=75)
