तथ्यांकमा मात्र घट्ने महँगी


  • Himalayan Bank Limited (HBL)
तथ्यांकमा मात्र घट्ने महँगी

दैनिक उपभोग्य वस्तुको बजार मूल्य बढेको बढ्यै छ। खासगरी रुस–युक्रेन युद्धको सुरुवातसँगै बढेको मूल्य (दाल, गेडागुडी, खाने तेल, मकै, गहुँजस्ता वस्तुको) अझै सस्तिएको छैन। यसैगरी भारतको कडाइपछि प्याज, लसुन, चिनी, चामल, गहुँको पिठोमा बढेको मूल्यसमेत घटेको छैन। एकातिर आर्थिक गतिविधिले गति लिन नसक्दा आम्दानीका स्रोत खुम्चिएका छन्। अर्कोतर्फ मूल्य बढ्दा अधिकांशको दैनिकी कष्टकर बनिरहेको छ।

तर, सरकारी तथ्यांकले महँगी घटेको देखाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको मंसिरमा बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशतमा सीमित छ। कात्तिकमा यो दर ५.३८ र असोजमा ७.५० प्रतिशत थियो। गत आवको समीक्षा अवधिमा ७.३८ प्रतिशत थियो। पोहोरभन्दा मुद्रास्फीति करिब तीन प्रतिशत बिन्दुले घटेको छ। 

Read More