स्वास्थ्य बीमाको टिकट शुल्क घट्यो


  • Himalayan Bank Limited (HBL)
स्वास्थ्य बीमाको टिकट शुल्क घट्यो

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा थैलीमा रहेको बहिरङ र इमर्जेन्सी सेवा टिकटमा लाग्ने शुल्क घटाउने निर्णय गरेको छ । 

बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले बीमितको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा बहिरङ र इमर्जेन्सी सेवाका लागि लाग्ने टिकट शुल्क घटाउने निर्णय गरेको बताइन् । उनका अनुसार बहिरङ सेवाको ५० र इमर्जेन्सी सेवाको टिकट शुल्क सय रुपैयाँ कायम गर्ने निर्णय गरिएको छ । घटाइएको शुल्क माघ ८ गतेबाट लागू हुने उनले जानकारी दिइन् । 

यसअघि बहिरङ सेवा शुल्क सय रुपैयाँ र इमर्जेन्सीको ४ सय रुपैयाँ थियो । यस्तै बीमा बोर्डले कुनै पनि स्वास्थ्य सुविधा नलिएका बीमितलाई नवीकरण गर्दा १० प्रतिशत छूट दिने निर्णय गरेको छ । बोर्डका सूचना अधिकारी कँडेलले नियमितरूपमा स्वास्थ्य बीमा नवीकरण गरेका तर वर्षभरिमा कुनै सुविधा उपभोग नगरेका बीमितलाई नवीकरण गर्दा १० प्रतिशत छूट गरिएको बताइन् ।

Read More