अर्थतन्त्र चलायमान बनाउन सरकारले लचिलो नीति अवलम्बन गरे पनि त्यसो हुन सकिरहेको छैन । परिणामतः नेपालका बैंकहरुमा अहिले ठूलोमात्रामा लगानीयोग्य पुँजी थुप्रिएको छ । जसको प्रभाव अर्थतन्त्रमा दूरगामी असरकारुपमा देखा पर्ने चिन्ता बढेको छ ।
अहिले नेपालका बैंकहरु ऋण लैजाने ग्राहकको खोजीमा छन् । लगभग एक वर्षअघिको अवस्था यस्तो थियो की नेपालका बैंकहरु चरम तरलता अभावमा रहँदा आवश्यक कर्जा लिन नपाएर व्यापारीहरू छटपटिएका भेटिन्थे । अहिले ऋण लगाउन नसक्दाको छटपटी बैंकहरुमा सरेको छ ।



