सुप्रिम सहकारी ठगी : उजुरी लिन प्रहरी-प्रशासनकै आलटाल


  • Himalayan Bank Limited (HBL)
सुप्रिम सहकारी ठगी : उजुरी लिन प्रहरी-प्रशासनकै आलटाल

बुटवल — बचतकर्ताको झण्डै १ अर्ब रकम अपचलन भएको बुटवलस्थित सुप्रिम सहकारीका सञ्चालक र व्यवस्थापकविरुद्ध पीडितले गरेको उजुरी नै दर्ता हुन सकेको छैन । अनुसन्धान गर्ने सरकारी निकायबाटै उजुरी फिर्ता भएपछि दैनिक ज्यालादारी गरेर रकम जम्मा गरेका बचतकर्ता बिलखबन्दमा परेका छन् ।

बुटवलमा प्रधान कार्यालय रहेको सुप्रिमका पूर्वअध्यक्ष र अहिले संरक्षक बनेका गितेन्द्रबाबु (जीबी) राई अहिले फरार छन् । व्यवस्थापकको रूपमा काम गरिरहेका गुल्मीको मालिका गाउँपालिका मर्भुङका सागर केसी पनि फरार छन् । अहिलेका अध्यक्ष ओम गुरुङले संरक्षक रहेका जीबी राई र प्रमुख कार्यकारी भएर काम गरेका केसीको मिलेमतोमै सहकारीको ९४ करोड रुपैयाँ अपचलन भएको भन्दै उनीहरूसहितका ९ जना सञ्चालकलाई खोजबिन गरिदिन भन्दै २०८० असोज २ गते जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा उजुरी दर्ता गराएका थिए ।

Read More