भारतीय बजारमा १८ महिनायताकै ठूलो गिरावट, सबैभन्दा महँगो सेयरको भाउ डेढ लाखसम्म पुग्यो


  • Himalayan Bank Limited (HBL)
भारतीय बजारमा १८ महिनायताकै ठूलो गिरावट, सबैभन्दा महँगो सेयरको भाउ डेढ लाखसम्म पुग्यो

काठमाडौं : भारतीय सेयर बजारमा बुधबार ठूलो गिरावट आएको छ । भारतका प्रमुख सेयर बजार सूचकहरु ‘बीएसई सेन्सेक्स’ र ‘निफ्टी ५०’ दुवैमा भारी गिरावट आएको हो । सेन्सेक्स बुधबार एकै दिन १,६२८ अंकले घटेको छ । उक्त गिरावट विगत १८ महिनायताकै उच्च भएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । 

यता, निफ्टी पनि बुधबार ४६० अंकले घटेको छ । भारतीय बजारमा लगातार दोस्रो दिन गिरावट आएको हो । मंगलबार पनि त्यहाँको बजार घटेको थियो । विश्वका अन्य प्रमुख सेयर बजारहरुमा गिरावट आउँदा त्यसको असर भारतीय बजारमा पनि देखिएको छ । कम्पनीहरुको तेस्रो त्रैमासिक रिपोर्ट पनि बजार घट्ने कारण बनेको छ । मंगलबार एचडीएफसी बैंकले अपेक्षा भन्दा कम नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको थियो । जसको असर पनि बजारमा परेको विश्लेषण गरिएको छ ।

Read More