आईपीओ भर्न प्रभावित स्थानीय गाउँमै जानुपर्ने बाध्यता !


  • Himalayan Bank Limited (HBL)
आईपीओ भर्न प्रभावित स्थानीय गाउँमै जानुपर्ने बाध्यता !

३ माघ, काठमाडौं । संघीय राजधानी काठमाडौं बस्ने नवलपरासी भुमहीका सन्तोष अधिकारी सर्वोत्तम सिमेन्टको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) भर्न भन्दै आइतबार ग्लोबल आईएमई क्यापिटल नक्साल पुगेका थिए ।

त्यहाँका कर्मचारीले काठमाडौंबाट आईपीओ भर्न नमिल्ने, तोकिएकै केन्द्रमा जानुपर्ने बताएपछि उनी निराश बने ।

‘आईपीओ भर्न पनि गृहजिल्लामा तोकिएकै बैंकको शाखामा गएर भौतिकरूपमा फारम भर्नुपर्ने बाध्यता रहेछ,’ अधिकारीले अनलाइनखबरसँग दुखेसो पोखे, ‘काठमाडौं बस्दै आएका मजस्ता सयौं स्थानीयलाई यो व्यवस्था सास्तीपूर्ण भयो ।’

Read More