संसार कै सर्वाधिक धनी मुट्ठीभर व्यक्तिहरूको सम्पत्तिमा ठूलो मात्राले वृद्धि हुँदा पृथ्वीका अर्बौँ मानिसहरू झन् भन्दा झन् गरिबी तर्फ धकेलिएको एक रिपोर्टले देखाएको छ । बढ्दो आर्थिक असमानता र गरिबीबारे अध्ययन गर्ने अन्तर्राष्ट्रिय संस्था अक्सफामले हालै सार्वजनिक गरेको रिपोर्टमा यस्तो देखिएको हो ।
सोमबार सार्वजनिक भएको रिपोर्टका अनुसार संसारका पाँच जना सर्वाधिक धनीहरूको सम्पत्ति सन् २०२० यताका तीन वर्षमा नै दोब्बरभन्दा बढीले बढेको छ । ठिक त्यही समयमा संसारभर ५ अर्ब भन्दा बढी मानिसहरू भने तीन वर्ष अघिको तुलनामा झन् गरिब बनेका छन् । यसरी अत्यधिक आर्थिक असमानता बढेको कारण गरिबिको वृद्धिदर अत्यासलाग्दो बनेको देखिएको हो ।



