लाल सागरको तनावले विश्व अर्थतन्त्रमा पार्ने प्रभाव


  • Himalayan Bank Limited (HBL)
लाल सागरको तनावले विश्व अर्थतन्त्रमा पार्ने प्रभाव

गतसाता अमेरिका र बेलायतले यमनमा आक्रमण गरेपछि विश्वव्यापी रुपमा एउटा चिन्ता थपिएको छ । त्यो हो, समस्याग्रस्त विश्व अर्थतन्त्रमा खनिज तेलको मूल्य बढेर थप समस्या थपिने भो । त्यसमाथि सोमबार सुरक्षाको कारण देखाउँदै लाल सागर मार्फत हुने आफ्ना तेलको ढुवानी रोक्ने कतारले घोषणा गरेपछि त यो चिन्ता झन् सघन भएको छ ।

लाल सागरमा हुती विद्रोहीले इजरायल तर्फबाट गइरहेका अमेरिकी मालवाहक जहाजलाई निशान बनाएर आक्रमण गर्न थालेपछि त्यहाँ बढेको संकट अहिले जवाफी कारबाहीमा रूपान्तरित भएको छ । यसरी त्यहाँ दोहोरो भिडन्त सुरु भएसँगै कच्चा तेलको मूल्यमा ४ प्रतिशतले वृद्धि भएको छ । तर, त्यो क्रम जारी रहन्छ वा तेलको मूल्यमा हुने स्वाभाविक उतारचढाव कै रुपमा मात्र यो सीमित रहन्छ भन्ने आजको मूल प्रश्न हो ।

Read More