बढी धान फलेकै वर्ष चामलको भाउ अचाक्ली


  • Himalayan Bank Limited (HBL)
बढी धान फलेकै वर्ष चामलको भाउ अचाक्ली

काठमाडौँ — धान उत्पादन बढी भएकै वर्ष चामलको मूल्य अचाक्ली बढेपछि उपभोक्ता मारमा परेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गएको पुस २२ मा सार्वजनिक गरेको तथ्यांकमा धान उत्पादन ४.३३ प्रतिशतले बढेको उल्लेख छ । ०७९/८० मा ५४ लाख ८६ हजार ४ सय ७२ टन उत्पादन भएको धान ०८०/८१ मा ५७ लाख २४ हजार २ सय ३४ टन पुग्यो । विगत चार वर्षको औसत उत्पादन तुलना गर्दा यस वर्ष धान उत्पादन ५.०८ प्रतिशतले वृद्धि भएको मन्त्रालयकै तथ्यांकले देखाएको छ । 

धान उत्पादनमा भएको वृद्धिअनुसार बजारमा चामलको मूल्य घट्नुपर्ने हो । धान उत्पादन हुने सिजनमा विगतमा त्यसै पनि मूल्य घट्थ्यो । गत वर्ष बोरामा २ सय ५० रुपैयाँदेखि ३ सय रुपैयाँ सस्तो भएको थियो । तर यो वर्ष उल्टो परिणाम देखिएको छ । सरकारले धान उत्पादनको तथ्यांक बढेको देखाइरहँदा सिजनमै चामलको अचाक्ली मूल्य बढेको छ ।

Read More