चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भन्सार विभाग मातहतका कार्यालयबाट दुई खर्ब १० करोड रूपैयाँ राजस्व संकलन भएको छ।
गत वर्ष ६ महिनामा एक खर्ब ८८ अर्ब १७ करोड रूपैयाँ यस्तो राजस्व उठेकोमा यो वर्ष नौ प्रतिशतले राजस्व बढेको हो।
भन्सार विभाग महानिर्देशक शोभाकर पौडेलका अनुसार ६ महिनासम्मको समग्र आयात भने चार प्रतिशतले घटेको छ। उनले कार्यालयहरूले गरेको भन्सार कडाइका साथै राजस्व सुधारका कार्यक्रमको प्रभाव देखिएको हो।



