साढे ६ वर्षसम्म पनि स्थानीयको सेयर नेप्सेमा सूचीकृत भएन


  • Himalayan Bank Limited (HBL)
साढे ६ वर्षसम्म पनि स्थानीयको सेयर नेप्सेमा सूचीकृत भएन

रसुवा : मैलुङखोला खोला जलविद्युत कम्पनी लिमिटेडले स्थानीयवासीका लागि साढे ६ वर्षअघि निष्कासन गरेको सेयर नेप्सेमा अझै सूचीकृत भएको छैन। 

२०७४ जेठ १७ गतेदेखि आवेदन दिएका प्रभावितहरूको सेयर हालसम्म सूचीकृत नभएको हो। लामो समयसम्म सेयर सूचीकृत नगरेर  कम्पनीले प्रभावितलाई अन्याय गरेको गोसाइँकुण्ड गाउँपालिका–६ का सोनाम तामाङले बताए। 

२२ हजार ९ सय ३२ जनाले ३ लाख ६८ हजार १ सय ४४ कित्ता सेयर पाएका थिए। आवेदन दिएको प्रमाण पनि बैंकसँग छ। सेयर डिम्याटमा पनि आएको छैन। 

Read More