काठमाडौं : सेयर कारोबार साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक भारी अंकले बढेको छ। नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स २.३८ प्रतिशतले बढ्यो।
कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३१.६२ अंकले बढेको थियो। सोमबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। आज ३०४ स्क्रिप्सको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर ८ अर्ब २ करोड३८ लाख ६२ हजार ४०६ रुपैयाँमा खरिदबिक्री भए।



