पुसमा बढ्यो घर जग्गा कारोबार, कति भयो किनबेच ?


  • Himalayan Bank Limited (HBL)
पुसमा बढ्यो घर जग्गा कारोबार, कति भयो किनबेच ?

काठमाडौं : अघिल्लो महिनाको तुलनामा पुस महिनामा घर जग्गा कारोबार बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार पुस महिनामा देशभर ४५ हजार २ सय ७७ संख्यामा घर जग्गा कारोबार भएको छ । मंसिरमा भने ४१ हजार ८५१ संख्यामा घर जग्गा कारोबार भएको थियो । 

यता, घर जग्गा कोरोबार बढेसँगै राजस्व पनि बढेको तथ्यांकले देखाएको छ । यो सँगै घर जग्गा कारोबारबाट सरकारलाई पुसमा ३ अर्ब ५९ करोड ६० लाख रुपैयाँ राजस्व प्राप्त भएको छ । मंसिरमा घर जग्गा कारोबारबाट सरकारलाई २ अर्ब ८६ करोड रुपैयाँ राजस्व प्राप्त भएको थियो । 

Read More