१ लाख १९ हजारलाई १४ अर्ब भुक्तानी


  • Himalayan Bank Limited (HBL)
१ लाख १९ हजारलाई १४ अर्ब भुक्तानी

काठमाडौं– सामाजिक सुरक्षा योजनामा ४७ अर्ब ७१ करोड योगदान रकम संकलन हुँदा ७ अर्ब ११ करोडबराबरको सामाजिक सुरक्षा रकम लाभग्राहीलाई भुक्तानी गरिएको छ ।

२०७५ मंसिरबाट सुरु भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा औपचारिक तथा अन्य क्षेत्रमा कार्यरत श्रमिक तथा कर्मचारीले हालसम्म ४७ अर्ब ७२ करोड रुपैयाँ योगदान रकम जम्मा गरिसकेका छन् । हालसम्म जम्मा भएको रकममध्ये विभिन्न ४ योजनाअन्तर्गत लाभग्राही श्रमिक र उनीहरुका परिवारले ७ अर्ब ११ करोड प्राप्त गरिसकेको कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिए । सेवाग्राहीलाई भुक्तानी गरेको मध्ये अवकाश दाबीमा ६ अर्ब ६ करोड वितरण भएको छ ।

Read More