बैंकहरूको चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमासमा पनि खराब कर्जा असुलीमा सुधार आउने सम्भावना नदेखिएको बैंकरहरूले बताएका छन्।
चालु आर्थिक वर्ष २०८०-८१ मा बैंकहरूको औसत खराब कर्जा ३.६१ प्रतिशत रहेको थियो। पुस महिनामा बैंकहरू कर्जा लगानीमा भन्दा पनि कर्जा असुलीमा बढी केन्द्रित रहेका थिए। तर पनि कर्जा उठ्ने दरमा खासै सुधार नभएको बैंकरहरू बताउँछन्।



