३ वर्षमा विश्वकै ५ धनाढ्यको सम्पत्ति दोब्बरभन्दा धेरैले बढ्यो


  • Himalayan Bank Limited (HBL)
३ वर्षमा विश्वकै ५ धनाढ्यको सम्पत्ति दोब्बरभन्दा धेरैले बढ्यो

काठमाडौँ । विश्वका सबैभन्दा धनी पाँच जनाको सम्पत्ति दोब्बरभन्दा धेरैले वृद्धि भएको छ । अक्सफामको एउटा प्रतिवेदनअनुसार सन् २०२० यता इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सीइओ एलन मस्क, फ्रान्सेली लक्जरी ब्राण्ड एलभीएचएमका मालिक बर्नार्ड अर्नाल्ड, एमाजनका संस्थापक जेफ बेसोज, ओर्याकलका संस्थापक ल्यारी एलिसन र वारेन बफेटको सम्पत्ति दोब्बरभन्दा धेरैले बढेको हो ।

अक्सफामका अनुसार सन् २०२० को मार्चसम्मका यी पाँच जनाको सम्पत्ति ४ खर्ब ५० अर्ब डलर रहेको थियो । तर, सन् २०२३ को नोभेम्बरसम्ममा यिनीहरुको सम्पत्ति ८ खर्ब ६९ अर्ब डलर पुगेको छ ।

Read More